राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ११ जेठ। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा घटाउने निर्णय गरेका छन्।
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शत प्रतिशतमा झारेको हो। नवनियुक्त गभर्नर पौडेलले मौद्रिक नीतिमा गरेको यो पहिलो समीक्षा पनि हो। यसअघि महाप्रसाद अधिकारी गभर्नर छँदा केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण लचिलोलाई सजगतापूर्ण सन्तुलित हुने उल्लेख गरेको छ। मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गरेको केन्द्रीय बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान रहेको पनि जनाएको छ।
समग्र मागमा सुधार आएको केन्द्रीय बैंकको विश्लेषण छ। जसले अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको उल्लेख गरेको छ।
प्रतिक्रिया