‘भ्यालेन्टाइन डे’ स्पेशलमा कस्तो कलरको गुलाव दिने, यस्तो छ गुलावहरुको विशेषता
‘भ्यालेन्टाइन डे’ स्पेशलमा कस्तो कलरको गुलाव दिने, यस्तो छ गुलावहरुको विशेषता
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं । ‘भ्यालेन्टाइन डे’ स्पेशलमा आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिनमा फलहरुको विशेषता यस्तो रहेको छ, फुलहरुको विशेषता यस्तो रहेको छ ।
रातो गुलाफ शान्ति, प्रेम र क्षमताको प्रतिक
रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान(प्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो ।
गुलाफी गुलाफः मित्रता र मुटुको धड्कनको प्रतिक
यो रङ्गको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङ्गको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।
पहेँलो गुलाफः मित्रताको प्रतिक
पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । फ्रेण्डशीप डे’ अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ । तर, पनि हिजोआज मित्रताको प्रतिकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।
सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक
सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ ।
कालो गुलाफः बिदाईको प्रतिक
कालो गुलाफ बिदाईको प्रतिक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पुरा हुन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, समर्पण, इमानदारिता, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने अर्थ्हिन हुन्छ ।
प्रतिक्रिया