२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पशुपति शर्माको गीत विवाद बारे के भन्छन् बद्री पंगेनी

पशुपति शर्माको गीत विवाद बारे के भन्छन् बद्री पंगेनी

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
  • काठमाडौँ,  ५ फागुन । लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ विवादपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आकस्मिक बैठक बस्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले आज (आइतवार) दिउँसो दुई बजे प्रतिष्ठानको आकस्मिक बैठक बस्न लागेको जानकारी दिएका छन् । ‘पशुपति शर्मा जीकै विषयलाई लिएर आकस्मिक बैठक बस्न लागेका हौँ, सबै संगीतप्रेमीलाई चित्त बुझ्ने निर्णय आउनेछ, ढुक्क हुनुस् ।’, अध्यक्ष पंगेनीले भने । उनले गायक शर्मा भैरहवामा भएकाले काठमाडौं आइपुग्दा केही ढिला हुनसक्ने पनि बताए । पशुपति शर्माले सार्वजनिक गरेको सोही गीतका केही शब्दलाई लिएर सत्तापक्षका भातृ संगठनले सामाजिक सञ्जालमा शर्मालाई बहिष्कार गर्न/गराउन भन्दै विज्ञप्ति जारी गरेका थिए । सरकारी पक्ष पनि असन्तुष्टि देखिएको थियो । उनले सामाजिक सञ्जाल फेसबूकमा गीतका केही शब्दमा परिमार्जन गरेर पुनः अपलोड गर्ने बताएका छन् । शर्माले उक्त गीत युट्युबबाट हटाएका छन् । उक्त गीतलाई अरु प्रयोगकर्ताले भने फेसबूक तथा युट्युबमा अपलोड गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij