२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बद्री पंगेनीले भने : गीत डिलिट गरेर पशुपतीले ठीक गरे !

बद्री पंगेनीले भने : गीत डिलिट गरेर पशुपतीले ठीक गरे !

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
  • काठमाडौँ,  ५ फागुन । लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन् । उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरी अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नु भयो । मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ ।’ पशुपतिको निर्णयमा नै प्रतिष्ठानको पनि सहमत रहेको उनले बताए । ‘यो घट्नाप्रति पशुपति जीलाई जे लाग्छ संघलाई त्यही लागेको छ । उहाँ फेरि गीत अप्लोड गर्ने तयारीमा हुनुहन्छ’ उनले भने । पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाएसँगै सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’ भाइरल नै भएको छ । अब, सामाजिक सञ्जाल र युट्युबका गीतलाई संघ र पशुपति आफैले पनि केही गर्न नसक्ने उनी बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij