२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माइतीघरमा घन्कियो मन्डलामा ‘लुट्न सके लुट... !

माइतीघरमा घन्कियो मन्डलामा ‘लुट्न सके लुट... !

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
  • काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले देशमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक विकृतिमाथि प्रहार गर्दै गाएको गीत अहिले सर्वत्र चर्चामा छ । गएको बिहीबार युट्युबमार्फत् सार्वजनिक गरिएको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत सत्ताधारी दलहरुको निशानामा परेपछि चर्चा झन् बढेको छ । उक्त गीत सरकारी दबाबमा युट्युबबाट हटाइको भन्दै विवेकशील नेपाली पार्टीलगायतका राजनीतिक पार्टी र युुवा समूहले आइतबार अपराह्न उक्त गीत माइतीघर मन्डलामा सार्वजनिकरुपमा बजाएका थिए । युट्युबमा राख्न माग यसैबीच, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक शर्माको गीतलाई जस्ताको तस्तै पुनः युट्युबमा राख्न माग गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकले कसैको धाक–धम्कीको भरमा स्रष्टाका सिर्जनालाई तोडमोड गर्न नमिल्ने निष्कर्ष निकाल्दै जस्ताको तस्तै ‘अपलोड’ गर्न माग गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij