२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नायिकाले भनिन् किस गर्न खोज्दा नाकले किन डिस्टर्ब गर्छ ?

नायिकाले भनिन् किस गर्न खोज्दा नाकले किन डिस्टर्ब गर्छ ?

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
  • काठमाडौँ । अभिनेत्री अप्सना थापाले चलचित्र ‘रुमालै छ चिनो’बाट आशाबादी रहेको जनाएकी छिन । यसअघि पनि केही चलचित्रमा काम गरेको तर ति कुनैबाट पनि आफुलाई खासै फाइदा नभएको बताउने थापाले रुमालै छ चिनोबाट भने दर्शकको मन जित्ने विश्वास राखेकी हुन । राजधानीमा केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै थापाले चलचित्रमा आफु गाउको युवतीको भुमिकामा देखिएको जनाइन । विगतमा टिमबाट नै आफुलाई सहयोग नभएको गुनासो गर्दै उनले यसपटक भने प्रचारका लागि समेत हिड्न पाएकोमा खुशी व्यक्त गरिन । यो चलचित्रमा सबैतिरबाट सहयोग पाएको र चलचित्र पनि राम्रो भएकोले आशा गर्नु स्वभाविक भएको उनको भनाई छ । चलचित्रको कथा राम्रो भएकोले काम गरेको भन्दै उनले श्रीमान वा प्रेमी लाउरे भएर विदेश जाँदा स्वदेशमा श्रीमती वा प्रेमिकाले भोग्ने दुखको कथा आफ्नो भुमिकाले बताउने जनाएकी छिन ।भारतिय सेनाका तर्फबाट पाकिस्तानसँगको युद्ध लडेको गोर्खालीको कथा भन्ने चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन । चलचित्रमा थापाका साथै किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । चन्द्र बहादुर खड्काको लगानी रहेको चलचित्रमा दिपक ढकाल र रामप्रसाद पाण्डे सह–निर्माताको रुपमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij