२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पहिलो पटक मिडियामा बोले पशुपति शर्मा, के भने त ?

पहिलो पटक मिडियामा बोले पशुपति शर्मा, के भने त ?

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ५ २०७५
  • काठमाडौँ, ६ फागुन ।  गीत विवादित बनेपछि गायक पशुपति शर्माले सार्वजनिक रुपमा पहिलो पटक आफ्नो प्रतिकृया दिएका छन् । सामाजिक सञ्जाल फेसवुक मार्फत गीत परिमार्जन गर्ने बताएका शर्माले विवादित बनिरहेको गीत ‘लुट्न सके लुट’ लाई परिमार्जन नगरी जस्ताको तस्तै सार्वजनिक गर्न पाउनु पर्ने बताएका छन् । उनले आग्रह पूर्वाग्रह भएर गित नगाएको स्पष्ट पारेका छन् । आफू कुनै पनि दलमा आवद्ध नभएको दावी गर्दै उनले सत्तारुढ दल नेकपाका कार्यकर्ताले लगाएको आरोपको खण्डन गरे । शर्माले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो गित सेन्सर नगरी पुनः युटुबमा अपलोड गर्ने वातावरण बनाईदिनेमा आशा गरेका छन् । आफ्नो गितले श्रोता र दर्शकलाई मनोरञ्जन मात्रै नदिई सरकार चलाउनेलाई सगज पनि गराएको शर्माको जिकिर छ । शर्माले सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि गित युट्युबबाट हटाएका थिए । उनले गीत हटाएसंगै सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेखेर माफि माग्दै गीत परिमार्जन गरेर छिट्टै सार्वजनिक गर्ने समेत प्रतिवद्धता जनाएका थिए । गीत भाइरल भएपछि नेकपासम्बद्ध कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । त्यतिमात्रै होइन युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो । आइतवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बैठकमा भएको छलफल पछि संस्थाका वर्तमान उपाध्यक्ष पशुपति शर्माको लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । बद्री पंगेनी अध्यक्ष रहेको उक्त संस्थाको आज बसेको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यामबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनुपर्ने उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij