नेपाल आएका सोनु निगमको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना
नेपाल आएका सोनु निगमको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय चर्चित गायक सोनु निगम स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
निगमलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले निगम अस्पताल भर्ना भएको बताउँदै उनको स्वास्थ्यमा देखिएको समस्याका बारेमा केही बेरमा जानकारी गराइने बताएको छ ।
उनि आइतबार परिवारसहित नेपाल आएका थिए । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा एक्कासी समस्या देखिएको थियो । सोनुले आफू श्रीमती र छोरीसहित नेपाल आएको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएका थिए ।
प्रतिक्रिया