‘क्याप्टेन’को प्रचार गर्दै भुवन र अनमोल
‘क्याप्टेन’को प्रचार गर्दै भुवन र अनमोल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं । एक समय फिल्म क्षेत्रमा निकै चर्चित अभिनेता भुवन केसी भेटिन निकै गाह्रो भएपनि पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा देखिन थालेको छ ।
केसीले पछिल्लो ‘क्याप्टेन’ फिल्म निर्माण गरेको छ । उक्त फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनीहरु प्रचारका लागि चारै तिर देखिन थालेका हुन् ।
फागुन १७ गते बाट प्रदर्शनमा आउने ‘क्याप्टेन’ प्रचार प्रसारको लागि अभिनेता भुवन केसी, अनमोल केसी ‘को बन्छ करोडपति’ मा समेत पुगेका छन् । अभिनेता राजेश हमालले संचालन गर्ने उक्त शोमा भुवन र अनमोल फिल्म प्रचारका लागि पुगेका हुन् ।
‘चोर सिपाही’ र ‘राजु राजा राम’ नामक २ फिल्म एकसाथ अभिनय गरेका भुवन र राजेश झण्डै दशक पछि एकसाथ देखिएका हुन् । ‘भुवन र अनमोलको सहभागी एपिसोड दर्शकका लागि खास हुनेछ’ अभिनेता हमालले भने ‘कार्यक्रममा भुवन र अनमोलको अलवा नीरुता सिंह, उपासना सिंह ठकुरी र प्रियंका एमभी पनि देखिने छिन् ।’
‘को बन्छ करोडपति’ क्विजमा भने यी कलाकारको सहभागिता अभिनेता भुवनले फिल्मको प्रचारका लागि ‘को बन्छ करोडपति’मा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताए । उनले राजेश हमालसँग स्क्रिन शेयर गर्न पाउदा निकै खुसि लागेको सुनाए । अनमोलले पनि कार्यक्रमबाट आफुले नौलो अनुभव गर्न पाएको सुनाए । सोमबार छायाँकन गरिएको ‘को बन्छ करोडपति’ शो एपीवान टेलिभिजनबाट यसै साता प्रशारणमा हुनेछ ।
प्रतिक्रिया