२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

विप्लव समूहलाई रेखा थापाको साथ !

विप्लव समूहलाई रेखा थापाको साथ !

गण्डकी टाइम्स
बुधवार, फाल्गुण २९ २०७५
गण्डकी टाइम्स
बुधवार, फाल्गुण २९ २०७५
  • काठमाडौं, २९  फागुन ।  सरकारले नेकपा विप्लव समूहलाई मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेकोमा अभिनेत्री रेखा थापाले यो सरकार कसले चलाएको भनेर प्रश्न गरेकी छन् । उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त ‘बिप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’ उनले सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजेको बताएकी छन् । उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भनेकी छिन् । ‘आम नेपाली जनताले यो विषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो,’ उनले लेखेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij