२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘पसिना’ फिल्मको ट्रेलर सार्वजनिक

‘पसिना’ फिल्मको ट्रेलर सार्वजनिक

गण्डकी टाइम्स
बुधवार, बैशाख ४ २०७६
गण्डकी टाइम्स
बुधवार, बैशाख ४ २०७६
  • काठमाडौं । चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कर्म गर्नुपर्छ भन्ने कथामा बनेको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । बैशाख २७ गतेबाट हलहरुमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘पसिना’मा कलाकारहरु क्रमश नायक गौरव पहारी, नायिका अनु शाह, सरोज खनाल, रवि गिरी लगायतलाई देख्न सकिन्छ । यो चलचित्रले मजदुरको कथालाई देखाउन खोजेको छ । आर.बी खत्री शरदको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा शान्ता ढकालको लगानी छ । संजय महत्तो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा नविन निरौला र भरत रेग्मीको सम्पादन, राम केसीको छायांकन, आशिश र शरदको पटकथा तथा संवाद छ ।   https://www.youtube.com/watch?v=jBLkM6M0Cmg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij