काठमाडौँ । गत प्रणय दिवसका दिन बिहे गरेका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् । बिहेलगत्तै फिल्मकै काम बाँकी रहेकाले धेरै समय बिताउन नपाएको यो जोडी आफ्नो वैवाहिक जीवनमा निकै खुशी छ ।
नायक सञ्जोग कोइरालाको व्यवसाय पनि छ भने नायिका वर्षा राउत अहिलेकी चर्चित नायिकामा पर्छिन् । यतिबेला हनिमुनका लागि फ्रान्समा रहेका सञ्जोग कोइराला र वर्षा राउतले सामाजिक सञ्जालमा आफ्नो केही तस्वीर शेयर गरेका छन् । तस्वीरमा फ्रान्सको आइफेल टावर पनि देख्न सकिन्छ ।
गत फागुनमा अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै जीवन विताउने कसम आएका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए ।
अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तस्बिर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तस्बिरमा दुबै रोमान्टिक देखिएका छन् ।

एक तस्बिरमा वर्षालाई संजो गले अंगालोमा लिएका छन् । भने, दोस्रो तस्बिरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् ।
किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ‘जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । यो फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् ।
विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए ।गत शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिए की वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् ।