२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्राविधिक कुटेका विराज भट्टले माफी मागे

प्राविधिक कुटेका विराज भट्टले माफी मागे

गण्डकी टाइम्स
मंगलवार, बैशाख १० २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख १० २०७६
  • काठमाडौं १०, बैशाख ।  चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन् । भट्टले प्राविधिक संघले बोलाएको मंगलबारको बैठकमा आफूले हात हाल्नु गल्ती भएको भन्दै माफी मागेका हुन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले पाण्डेमाथि मुक्का हानेका थिए । संघका अध्यक्ष पुस्कर लामाले दुवै पक्षलाई आजै दिउँसो बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा भट्टले गल्ती महसुस गर्दै माफी समेत मागेको संघका अध्यक्ष पुस्कर लामाले बताए । पाण्डे विराजको आगामी चलचित्रमा पाण्डेले प्रोडक्सन डिनाइनरको जिम्मा लिएका थिए । सम्झौतापत्रअनुसार पुसबाट चलचित्रको छायांकन सुरु गर्ने भन्ने थियो । तर, चार महिनासम्म पनि छायांकन सुरु नभएपछि पाण्डेले काम छाड्ने बताए । पाण्डेको कुरा सुनेर आवेगमा आएका विराजले टाउको मुक्का हानेका थिए । सोमबार राति नयाँ बानेश्वरस्थित एक क्याफेमा यो घटना घटेको थियो । विराजले चलचित्र छाड्दा आफूले भुक्तानी गरेको रकम फिर्ता मागेका थिए । तर, पाण्डेले ४ महिनादेखि आफ्नो समय त्यत्तिकै गएकाले रकम फिर्ता नगर्ने भनेपछि विराज आक्रोशित बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij