‘हिम्मतवाली’ चलचित्रका नायक सुदर्शन गौतमविरुद्ध रेड नोटिस
‘हिम्मतवाली’ चलचित्रका नायक सुदर्शन गौतमविरुद्ध रेड नोटिस
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, १३ बैशाख । हिम्मतवाली’ चलचित्रका नायक सुदर्शन गौतमविरुद्ध प्रहरीले रेड नोटिस जारी गरेको छ । प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करमा संलग्न रहेको भन्दै गौतमविरुद्व रेड नोटिस जारी गरेको हो ।
गौतमविरुद्ध नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानवतस्करी गरेको अभियोग छ । ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेड नोटिस जारी भएको प्रहरीको इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए ।
रामेछापका गौतम हाल नेपाली नागरिकता त्यागेर क्यानडामा बस्दै आएको प्रहरीको भनाइ छ । क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए ।
केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो । हाइटीबाट समुद्री बाटोमार्फत उनीहरुलाई अमेरिका पुर्याउने क्रममा बहामास भन्ने देशमा पुगेपछि पानीजहाजका सुरक्षा गार्डले शंका लागेर नियन्त्रणमा लिएका थिए ।
यसअघि इन्टरपोलले ३१ जना नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । इन्टरपोलको सदस्यमा हाल १ सय ९२ राष्ट्र छन् । उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।
प्रतिक्रिया