२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली चलचित्र ‘दोषी को ?’ को रोमान्टिक गीत सार्वजनिक (हेर्नुस भिडियो)

नेपाली चलचित्र ‘दोषी को ?’ को रोमान्टिक गीत सार्वजनिक (हेर्नुस भिडियो)

गण्डकी टाइम्स
आइतवार, बैशाख १५ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख १५ २०७६
  • काठमाडौँ ।  नेपाली कथानक चलचित्र ‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ । करण फिल्मस प्रोडक्सन तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको उक्त चलचित्रको गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । गोपी अधिकारीको शब्द तथा संगीत सो रहेको यस गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका छन् । करण थापा मगरको लेखन, निमा लामा तामाङको निर्देशन, रमेश रेग्मीको कोरियोग्राफी रहेको चलचित्र ‘दोषी को ?’ मा माया र प्रेमका कयौँ मिलन र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन चलचित्रमामा करण थापा ,मिठठु आले , रमेश रेग्मी, रविना थापा , नेहा गौत्तम , विजय राहु मगर , सुवास नेपाली , सपना लामाको बेजोड अभिनय रहेको छ । उक्त चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ । हेर्नुस् गीतको भिडियो : https://www.youtube.com/watch?v=s8XFYIIyHrI

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij