२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बधाई ! अनुस्का बनिन् मिस नेपाल २०१९

बधाई ! अनुस्का बनिन् मिस नेपाल २०१९

गण्डकी टाइम्स
बिहिवार, बैशाख २६ २०७६
गण्डकी टाइम्स
बिहिवार, बैशाख २६ २०७६
  • काठमाडौँ ।  ‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधी अनुष्का श्रेष्ठले हात पारेकी छिन् । प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार/समाज उत्कृष्ट बनाउन सकिन्थ्यो? तपाईंको के राय छ?भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन् । यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन् । यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्‍नेतले जितिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij