२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बलिउड अभिनेत्रीको नाम जुधेपछि !

बलिउड अभिनेत्रीको नाम जुधेपछि !

गण्डकी टाइम्स
आइतवार, बैशाख २९ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख २९ २०७६
  • मुम्बई । कसैसँग नाम जुध्यो भने तपाईंलाई कस्तो लाग्छ ? कसैलाई रमाइलो लाग्न सक्छ। कसैलाई रिस उठ्न पनि सक्छ। कतिपयले सामाजिक प्रतिष्ठाकै लागि ठूलाबडा मानिसको नाम जानेरै जुधाएका हुन्छन्। त्यस्तै नाम जुधेका व्यक्तिले गरेका कामको जस अपजस पनि आफैंमाथि आइलाग्दा तनावमा हुन्छन्। यस्तै कारणले कसैले उमेर पुगेपछि पनि नाम फेर्ने गरेका उदाहरण पनि भेटिन्छन्। बलिउड अभिनेत्री कियरा आडवाणीले पनि नाम परिवर्तन गरेको बताएकी छन् । उनले अभिनेता सलमान खानको सल्लाहमा आफ्नो नाम परिवर्तन गरेको बताएकी हुन्। कियराले बलिउडकै अर्की अभिनेत्री आलियासँग नाम जुधेपछि फेरेको बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । सलमान खानले एउटै उद्योगमा समान नाम हुनु ठीक नभएको र काम गर्दै जाँदा तनाव आउन सक्ने बताएपछि आफूलाई उक्त कुराले आँखा खुलाएको कियराले बताएकी छन् । सन् २०१४ मा ‘फुगली’ सिनेमाबाट डेब्यु गरेकी उनलाई साथीभाइ आफन्तले पनि कियाराबाटै बोलाउँछन् । उनी पुरानोभन्दा नयाँ नाम सुन्दा आनन्द आउने गरेको बताउँछिन्। उनले अहिले ‘गुड न्युज’, ‘कवीर सिंह’ आदि चलचित्रमा काम गरिरहेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij