२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बर्षा सिवाकोटीले वर्षा राउतका लागि के लेखिन् फेसबुकमा ?

बर्षा सिवाकोटीले वर्षा राउतका लागि के लेखिन् फेसबुकमा ?

गण्डकी टाइम्स
सोमवार, बैशाख ३० २०७६
गण्डकी टाइम्स
सोमवार, बैशाख ३० २०७६
  • काठमाडौँ । अभिनेत्री बर्षा सिवाकोटी र वर्षा राउत यतिखेर फिल्म प्रमोशनमा लागिपरेका छन् । सिवाकोटी अभिनित फिल्म ‘विर विक्रम २’ र राउतको ‘जात्रैजात्र’ को प्रदर्शन एकै दिन हुँदैछ । सिवाकोटी र राउतले म्युजिक भिडियोदेखि फिल्मसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् । दुवै बर्षाले एउटै ब्यानरबाट डेव्यु समेत गरेका हुन् । बर्षा सिवाकोटीले फिल्म ‘नाई नभन्नु ल २’ बाट रजतपटमा डेव्यु गरेकी हुन् भने बर्षा राउतले ‘नाई नभन्नु ल ४’बाट डेव्यु गरेकी हुन् । बजारमा उनीहरुबीच दुस्मन रहेको हल्ला चलिरहेको छ । फिल्मी क्षेत्रमा समय समयमा प्रेम सम्बन्ध, झगाडा लगायतका विषयमा हल्लात जो कोही कलाकारहरुको पनि चलिरहेकै हुन्छ । तर वास्तवीकता भने अर्कै नै हुन्छ । दुबै बर्षाहरुबीच भने राम्रो साथिको सम्बन्ध रहेकोले उनीहरुमा खटपट भएको हल्ला चलेपछि बर्षा शिवाकोटीले सामाजिक संजालमार्फत उनीहरुको सम्बन्ध राम्रो रहेको पुस्टि गर्दै बर्षा राउतले अभिनय गरेको फिल्म ‘जात्रै जात्रा’ का लागि शुभकामाना दिएकी छिन । राउतले शिवाकोटीको जवाबमा एक अर्कोको फिल्म राम्रो होस् भनेर शुभकामाना दिएकी छन् । राउत अभिनित ‘जात्रै जात्रा’ र सिवाकोटी अभिनित ‘बिर विक्रम २’ जेठ ३ गते प्रदर्शनमा आउदैछ । दुई वटा फिल्म एकै दिनमा चल्ने हुँदा कुन फिल्मले बजार तताउछ त्यो फिल्म हलमा फिल्म चलेपछि नै थाहा हुनेछ । बाजी कसको हातमा पर्ला भन्ने कौतुहलताको सिर्जना भने भएको छ । हुनुत यो कलाकार भन्दा पनि निर्माण गर्ने व्यक्तिहरुको हो । हेर्नुस बर्षा सिवाकोटीको फेसबुक स्टाटस :  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij