२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

६ दिनमा ६ पटक यौन सम्पर्क : अलिबाबा

६ दिनमा ६ पटक यौन सम्पर्क : अलिबाबा

गण्डकी टाइम्स
मंगलवार, बैशाख ३१ २०७६
गण्डकी टाइम्स
मंगलवार, बैशाख ३१ २०७६
  • एजेन्सी । अलिबाबाका संस्थापक ज्याक माले ६ दिनमा ६ पटक यौनसम्पर्क राख्न आफ्ना कर्मचारीहरुलाई सुझाएका छन् । हप्ताको छ दिन बिहान ९ देखि राति ९ बजेसम्म काम गर्न सुझाएर यसअघि नै विवादमा आइसकेका अलिबाबा संस्थापक ज्याक माले यस्तो नयाँ सुझाव ल्याएका हुन्। चीनका यी सबैभन्दा धनी व्यक्तिले आफ्ना कर्मचारीहरुको सामूहिक विवाहोत्सवमा काममा ९९६ र जीवनमा ६६९ को दर्शन अवलम्बन गर्न आग्रह गरेका हुन्। हप्ताको ६ दिन ९ बजे बिहानदेखि ९ बजे रातिसम्म काम गरेपछि कोसँग चाहिँ हप्ताको छ दिन छ पटक यौनसम्पर्क राख्न बल हुन्छ?’ एक कर्मचारीले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनका यी दुवै सूत्रहरुको व्यापक आलोचना भइरहेको छ। ६६९ सम्बन्धी कोट अलिबाबाको आधिकारिक पृष्ठ बेइबोमा आँखा झिम्क्याएको इमोजीसहित पोस्ट गरिएको आइएनएसले उल्लेख गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij