२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

हेर्नुस नायिका वर्षा राउतको ‘बोल्ड अवतार’(फोटोफिचर)

हेर्नुस नायिका वर्षा राउतको ‘बोल्ड अवतार’(फोटोफिचर)

गण्डकी टाइम्स
शनिवार, जेठ १८ २०७६
गण्डकी टाइम्स
शनिवार, जेठ १८ २०७६
  • काठमाडौं ।  चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनका क्रममा प्रचार प्रसारको लागि अष्ट्रेलियामा पुगेकी नायिका वर्षा राउत बोल्ड अवतारमा देखिएकी छिन् । चलचित्रमा साधारण युवती वा महिलाको भूमिकामा निकै रुचाउने गरेकी उनी शुक्रवार दिउँसोदेखि एकाएक ट्रोलको शिकार भएकी छिन् । आफू अभिनीत चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि उनी अष्ट्रेलिया पुगेकी छिन् । शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन् । चलचित्रमा को विशेष प्रदर्शनमा उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको छ । उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । उक्त पहिरनमा उनी निकै खुलेकी छन् । तर, ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसबेन, एडलेड, मेलवर्न, सिड्नीलगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ । चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई र कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की, वर्षा राउत अष्ट्रेलिया पुगेका छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ । वर्षा राउतको ‘बोल्ड अवतार’ वर्षा राउतको ‘बोल्ड अवतार’ वर्षा राउतको ‘बोल्ड अवतार’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij