काठमाडौँ । गायक प्रकाश सुपुत र शान्तिश्री परियारले गाएको यो गीत नसुन्ने र नहेर्ने सायदै नेपाली संगीत प्रेमी र नेपाली स्रोता दर्शक होलान् । मौलिक नेपाली र गाउँले पारामा बनाएको भीडियोका कारण पनि यसले भ्यूज पाइरहेको छ भने यसको शव्दले पनि मानिसलाई तानेको छ ।
‘गलबन्दी च्यातियो तिमीले तानेर,बोलाउन खोजेको आफ्नै ठानेर ’ बोलको यो गीतमा गीतसहित भिडियो पनि हिट भएको छ र गीतमा अभिनय गरेकी मोडलको पनि चर्चा चुलिएको छ ।
यसअघिपनि धेरै भिडियोमा अभिनय गरिसकेकी मोडलको यो गीतमा भने चर्चा भइरहेको छ । लजालु स्वभावमा भिडियोमा देखिएकी उनी हुन् मोडल अन्जली अधिकारी । यो गीतमा उनको लजालुपन र अभिनयको निकै तारिफ गरिएको छ ।
बर्दियाकी अञ्जलीलाई नृत्य क्षेत्रमा ल्याउने श्रेय गीतकार बद्री पंगेनीलाई जान्छ । एसएलसी सकिएपछि काठमाडौं आएकी उनलाई पंग्गेनीले एउटा दोहोरी साँझमा नृत्यागनाको काम दिएका थिए ।
त्यसैबेला देखि व्यवसायीक कलाकारिता र मोडलिङ गरिरहेकी अधिकारीले सयभन्दा धेरै भीडियोमा अभिनय गरिसकेकी छिन् । उनको चर्चा यसअघि प्रकाश सपुतले सार्वजनिक गरेको बोल माया गीतको भीडियोले दिलाएको थियो ।
त्यसपछि अहिले सार्वजनिक भएको गीतले अधिकारीलाई अभिनयको क्षेत्रमा थप उचाइमा लगेको छ । उनको अभिनय र लजालुपनलाई धेरैले मन पराएका छन् ।
को हुन् अञ्जली ?
सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।
दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्याइरहेको छ ।
अहिले मेला-महोत्सवहरुमा उनको डिमान्ड बढेको छ भने चलचित्रमा पनि उनलाई अफर आउन थालेको छ । सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र प्रेमगीत-३ मा मुख्य नायिकाका लागि अञ्जलीले आवेदन दिएकी थिइन् ।
उनी २ हजार ७१४ जना प्रतियोगीबाट टप २५ मा छनोट भएकी छिन् । अब २५ जनाको अडिसनबाट नायिका छनोट गरिने छ । तर, निर्माता सेन परिचित अनुहारलाई फिल्ममा नलिने मुडमा रहेको बुझिएको छ । भिडियोमा सोझी गाउँले युवतीको रुपमा रुचाइएकी अञ्जली वास्तविकतामा भने फरक छिन् ।
फेसबुकमा उनले राखेका तस्वीरहरु:

‘गलबन्दी’ गीतकी हिट लजालु मोडल अन्जली अधिकारी

‘गलबन्दी’ गीतकी हिट लजालु मोडल अन्जली अधिकारी

‘गलबन्दी’ गीतकी हिट लजालु मोडल अन्जली अधिकारी