काठमाडौँ । ‘वदनाम होस् तर गुमनाम नहोस्’ भन्ने सिद्धान्तमा आफुलाई अगाडि सार्ने केही अभिनेत्री छन् नेपाली फिल्म क्षेत्रमा । यो भीँडमा अभिनेत्री बर्षा राउत पनि थपिएकी छन् । बर्षाले हालै अष्ट्रेलियामा आयोजित फिल्म ‘जात्रै जात्रा’को विषेश शोमा लगाएको पहिरनले पनि उनी ‘बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने बाटोमा हिँडेको अनुमान लगाउन कुनै गाह्रो पर्दैन ।
अष्ट्रेलियाको सिड्नीमा आयोजित विषेश शोमा उनी सेतो र कालो रंग पहिरनमा सजिएकी थिइन् । घाँटीतर्फको भाग निकै खुलेको पहिरनबाट उनको वक्षस्थलको आधा बढी भाग बाहिरबाट प्रष्ट देखिएको थियो ।
शोमा उनले लगाएको पहिरनलाई अहिले ट्रोलर्सले मजाक बनाएर सामाजिक सञ्जालमा उडाइरहेका छन् । उनको उक्त शोको तस्बिरसहित ट्रोलर्सले विवाहपछि बर्षा उत्पातै बोल्ड भनेर ट्रोलहरु बनाइरहको छन् ।

उनको विषयमा दुईअर्थ लाग्ने शब्द प्रयोग भएर पनि धेरै टोल बनेका छन् । तर यस बिषयमा वर्षाले कुनै अधिकारी प्रतिक्रिया जनाएकी छैनन् । अष्ट्रेलियामा आयोजित ‘जात्रै जात्रा’ को विशेष शो निकै भब्य भएको छ ।

फिल्म सोझी विवाहित महिलाको भूमिका निर्वाह गरेकी बर्षा पहिरनका कारण ट्रोलको शिकार भएको सम्भवत यो पहिलो हो । तर फिल्म क्षेत्रमा भने यो बिषयले राम्रो चर्चा पाएको छ ।
बर्षाको पहिरनको बिषयमा केहीले उताउलो पहिरन भनेका छन् भने केहीले मिडियामा छाउने अस्त्र समेत भनेका छन् । ‘जात्रै जात्रा’को शोमा बर्षा अभिनेता बिपिन कार्की, निर्देशक प्रदिप भट्टराई लगायत टिमसहित सहभागी भएकी थिइन् ।

शोमा सहभागी युनिटले दर्शकसँग फिल्म हेर्नका साथै सेल्फि समेत खिचेका थिए ।