२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

फिल्म ‘मिस्टर नेपाली’ छायाँकन सुरु भुवन केसी र रिमाको रोमान्स

फिल्म ‘मिस्टर नेपाली’ छायाँकन सुरु भुवन केसी र रिमाको रोमान्स

गण्डकी टाइम्स
सोमवार, जेठ २० २०७६
गण्डकी टाइम्स
सोमवार, जेठ २० २०७६
  • काठमाडौं– देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन हुने फिल्ममा प्रेमराज दाहालको निर्माण रहने छ । अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्माको जोडीको रुपमा देखिने फिल्ममा भुवनको दोहोरो भूमिका रहनेछ । फिल्ममा उनी खलनायक र नायकको भूमिका दुबैमा देखिने कार्यक्रममा जानकारी दिइयो । फिल्ममा भुवनको र रिमाको अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहने फिल्ममा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् । हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य फिल्ममा रहनेछ । ‘आफु सधै फरक भूमिका रुचाउने बताउँदै अभिनेता भुवन केसीले खलपात्रको भूमिकाको लागि एक्साइटेट रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij