२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सोनाक्षीलाई किन लाग्यो हतकडी !

सोनाक्षीलाई किन लाग्यो हतकडी !

गण्डकी टाइम्स
बुधवार, श्रावण २२ २०७६
गण्डकी टाइम्स
बुधवार, श्रावण २२ २०७६
  • एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय कानुनी लफडामा फसेकी छिन् । सोनाक्षीमाथि धोका दिएको आरोप लागेको छ । हाल सोनाक्षीको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीका हातमा हतकडी देखिन्छ । भिडियोसँगै सामाजिक सञ्जालमा ह्यासट्याग असली सोनाक्षी पक्राउ ट्रेन्डिङमा छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘मैले केही पनि गलत गरेकी छैन । मलाई गिरफ्तार गर्न सक्नुहुन्न ।’ भिडियोमा उनको हातमा हतकडी लगाइएको छ । यस भिडियो विरल भयानीले सामाजिक सञ्जालमा सेयर गरेका छन् । सोनाक्षीलाई के कारणले गिरफ्तार गरियो, आधिकारिक जानकारी आइसकेको छैन । भिडियोको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ । सन् २०१८ मा ३७ लाख भारु लिएर पनि कार्यक्रममा सहभागी नभएर धोका दिएको आरोपमा सोनाक्षीविरुद्ध मुद्दा दर्ता भएको वेला भिडियो आएको छ । त्यसैले भिडियो भाइरल भएको धेरैको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij