साँस्कृतिक गीत पस्कँदै टाइमलाइन स्कुल
साँस्कृतिक गीत पस्कँदै टाइमलाइन स्कुल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौंको गोकर्णेश्वर-५, जोरपाटीमा रहेको टाइमलाइन स्कुलले साँस्कृतिक गीत ल्याउने भएको छ ।
फरक ढंगका सिर्जनाहरू पस्कँदै आएको सो स्कुलले दशैं-तिहार विशेष साँस्कृतिक गीत म्यूजिक भिडियोसहित ल्याउने भएको हो ।
नेपालीहरूको महान चाड दशैं-तिहार बिशेष गीतमा गीतकार राम प्रसाद बडालको शब्द तथा रत्न राईको सङ्गीत रहेको छ । सो गीतमा गायकहरू रत्न राई र लक्ष्मण चौलागाई तथा गायिकाहरू सत्यकला र सरला राईले स्वर भरेका छन् ।
उक्त गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ भने छायाङ्कनको तयारीमा रहेको निर्माण पक्षले बताए । भिडियोमा दशैं-तिहारसँग सम्बन्धित साँस्कृतिक कुराहरु समेटेर बन्ने भएको छ ।
उक्त गीतको म्यूजिक भिडियो यही भदौ अन्तिममा हलेसी च्यानलबाट सार्वजनिक गरिने निर्माण पक्षले बताए ।
हेर्नुस्
गीतकार राम प्रसाद बडाल र सङ्गीतकार रत्न राईसँग गरिएको भलाकुसारी
https://www.youtube.com/watch?v=U49dayFhIm4
प्रतिक्रिया