मेलिनाको स्वरमा फरकधारको लोक दोहोरी ‘भेट भयो माया’ सार्वजनिक (हेर्नुस् भिडियो)
मेलिनाको स्वरमा फरकधारको लोक दोहोरी ‘भेट भयो माया’ सार्वजनिक (हेर्नुस् भिडियो)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ । पछिल्लो समय लोकगित संगितहरुले नेपाली बजारमा राम्रै चर्चा पाएका छन् । यसैबीच गत शुक्रवार मात्र फरक धाराको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
अन्जन पनेरु र सुदिप पनेरुको पहिलो लोक दोहोरी गीत ‘भेट भयो माया’ शुक्रवार युट्युव मार्फत सार्वजनिक गरिएको हो । अन्जन पनेरु र सुदिप पनेरुको शब्द तथा लय रहेको गीतमा निर्माता स्वम र चर्चित गायिका मेलिना राईको मिठो आवाज रहेको छ ।
गोर्खा म्युजिक प्रालीले उत्पादक एवं वितरक रहेको उक्त गीतमा काजिश श्रेष्ठ र चर्चित मोडल अन्जली अधिकारीले मोडलिङ गरेका छन्। गीतको छायांकन गोदावरी क्षेत्रमामा गरिएको हो ।
प्रस्तुत लोक दोहोरीको गाना गायिका मेलिना राईको वास्तविक जीवनमा आधारीत रहेको निर्माण पक्षले बताएको छ ।
कोरियोग्राफर एवं निर्देशक काजिश श्रेष्ठले कोरस डान्सरको राम्रो प्रयोग गरेका छन् जसले भिडियो झनै आकर्षक बनाएको छ । भिडियोमा काजिश र अन्जलीको केमेस्ट्री जमेको छ भने अजय रेग्मीले भिडियोलाई आकर्षक तरिकाले खिचेका छन् ।
गीतलाई दिपक विष्टले सम्पादन गरेका छन् । गीतको रेर्कडिग प्रिज्म स्टुडियोमा गरिएको हो ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=9ud7buga_JE
प्रतिक्रिया