२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सन्नी लियोनी काठमाडौंमा

सन्नी लियोनी काठमाडौंमा

गण्डकी टाइम्स
बिहिवार, भाद्र २६ २०७६
गण्डकी टाइम्स
बिहिवार, भाद्र २६ २०७६
  • काठमाडौँ । नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाडौं आइपुगेकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् । बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको विश्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केही स्थानको भ्रमण गर्ने कार्यक्रम छ । सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ । बेलायतमा छायांकन भएको फिल्मको गीत पनि उतै खिचिएको हो । ‘पासवर्ड’ भदौ २७ देखि अल नेपाल रिलिज हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij