
काठमाडौं/गोकर्णेश्वर–५, जोरपाटी स्थित टाइमलाइन स्कुलले तयार गरेको नेपाली मौलिक सँस्कृतिमा आधारित दशैं–तिहार बिशेष साङ्गीतिक एल्बम ‘बहार’ को म्युजिक भिडियो यही भाद्र २९ गते आइतबार दिउँसो ४ः०० बजे टाइमलाइन स्कुलको प्रेक्षालयमा सार्वजनिक गरिने भएको छ । भिडियो सार्वजनिक कार्यक्रममा नेपाली सङ्गीत क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहने टाइमलाइन स्कुलले जनाएको छ ।
टाइमलाइन स्कुलका प्रिन्सिपल तथा गीतकार राम प्रसाद बडालको शब्द रचना र रत्न राईको सङ्गीत रहेको ‘बहार’ एल्बममा सत्यकला राई, सरला राई, लक्ष्मण चौलागाई र सङ्गीतकार रत्न राईको स्वर रहेको छ । आधुनिकतासँगै हराउँदै गएको नेपाली मौलिक सँस्कृति र चाडपर्वहरूको महत्वलाई दर्शाउँदै नेपाली सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार गरिएको टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजाललले बताए । उक्त म्युजिक भिडियो युट्युबमा ‘हलेसी च्यानल’ र फेसबुकमा टाइमलाइन स्कुलको पेजबाट सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।