२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माया, प्रेम र विछोडको संयोजन : ‘कहाँ छौ लव’ (हेर्नुस् भिडियो)

माया, प्रेम र विछोडको संयोजन : ‘कहाँ छौ लव’ (हेर्नुस् भिडियो)

गण्डकी टाइम्स
आइतवार, पौष २० २०७६
गण्डकी टाइम्स
आइतवार, पौष २० २०७६
  • काठमाडौँ । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको ‘कहाँ छौ लव’ को भिडियो बजारमा आएको छ । म्युजिक भिडियो यसैसाता युटुबमार्फत सार्वजनिक भएको हो । दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका कुशल निर्देशक अर्जुन भण्डारीको निर्देशनमा बनेको ‘कहाँ छौ लव’ मा कुशल बुचा र सुमि खड्काले जीवन्त अभिनय गरेका छन् । मोडल सुमि खड़काको स्वर रहेको गीतको शब्द शंकलन निर्देशक भण्डारीले नै गरेका हुन् । गीतमा संगीत कृष्ण केसीको रहेको छ । भिडियोमा मोडेल कुशल र सुमीको दमदार अभिनय देख्न सकिन्छ । लक्ष्मण बिकको सम्पादन रहेको भिडियोमा रोहितबिक्रम कार्कीले छायाँकन गरेका हुन । विभिन्न रमणीय क्षेत्रमा छायांकन गरिएको म्युजिक भिडियो निकै आकर्षक देखिएको छ । माया, प्रेम र बिछोडका विषयलाई भिडियोमा जीवन्त उतारिएकाले दर्शक, श्रोताले रुचाउनेमा आफू विश्वस्त रहेको निर्देशक भण्डारीले बताए । आफूले धेरै माया गरेको मान्छे टाढा गएपनि उसले छाडेर गएका याद कहिल्यै टाढा नजाने, बरु ति यादहरु सपनीमा सदैव आइरहने मार्मिक कुरालाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको भण्डारीको दावी छ । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=Z5_qlPRDmg4&feature=emb_title&fbclid=IwAR3DVwl5KfvVcIjyVsdF5m1-kKHp6EVi2t2yHg-rTaHvIThe6wDXxxJt72k

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij