२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘आमा’ हेरेपछि सबैको आँखा रसायो : निकै मार्मिक चलचित्र

‘आमा’ हेरेपछि सबैको आँखा रसायो : निकै मार्मिक चलचित्र

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ११ २०७६
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ११ २०७६
  • काठमाडौं, ११ फागुन । चलचित्रले जब छुन्छ, अनायासै मानिसको आँखाबाट आँशु छल्कन्छ । त्यो आँशु कहिले हाँसोमा छल्किन्छ त कहिले रोदनमा । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ हेरेर हलबाट निस्कदै गर्दा अधिकांश दर्शकका आँखामा आँशु छल्किए । चलचित्रले छोएको भन्दै धेरै दर्शकले चलचित्रको प्रशंसा गरे । पुरुषप्रधान समाजमा विद्धमान सृष्टिकर्ता आमा र नारीको संवेदना र सामाजिक अवस्थालाई चित्रण गरेको फिल्मलाई दर्शकले तारिफ दिएका छन् । शुक्रबार जतिपनि हलमा फिल्म हेर्ने दर्शकले मन जितेको प्रतिक्रिया दिए । हलबाट बाहिरिँदा अधिकांश दर्शकको आँखा रसाएको देखिन्थ्यो । फिल्ममा आमाको भुमिका निभाएकी अभिनेत्री मिथिला शर्माले उत्कृष्ट काम देखाउँदा प्राकृतिक रुपमा आमा बन्न असमर्थ अभिनेत्री सुरक्षा पन्तको काम पनि खोट लगाउने ठाउँ छैन । पात्रहरुले आफ्नो ठाउँमा उत्कृष्ट पाली प्रस्तुत गरेका छन् । दिपेन्द्र के खनाल निर्देशित चलचित्र आमा’ मा सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको थुप्रै कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । रिच इन्टरटेन्मेन्टले बजारमा बितरण गरेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रको सह-निर्माता सन्तोष अधिकारी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij