२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उदिपसंग नायिका आँचलको इन्गेजमेन्ट, साटिन् औंठी

उदिपसंग नायिका आँचलको इन्गेजमेन्ट, साटिन् औंठी

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण १३ २०७६
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण १३ २०७६
  • काठमाडौं, १३ फागुन । अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग टिकाटालो गरेकी छन् । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटेका हुन् । गएको एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरु यही फागुन २९ गते बैबाहिक जीवनमा बाँधिने बताइएको छ । आँचल र उदिपको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हुने जानकारी प्राप्त छ । त्यस्तै, फागुन ३० गते उनीहरुले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेका छन् । फेसबुकको माध्यमबाट यी दुईको एकअर्कासँग चिनजान भएको थियो । र, फेसबुकबाटै प्रेममा डुबेका थिए । अभिनेत्री आँचल आफूलाई उदिपको केयरिङ गर्ने बानीले कायल बनाएको बताउँछिन् । ‘नाईं नभन्नू ल ४’ बाट अभिनय करिअर सुरुवात गरेकी आँचलको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । उनीहरुले एकसाथ तीन फिल्म र थुप्रै म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् । यी दुईले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रेडिमेड जवाफ मात्र फर्काइरहे । जीवनको दोस्रो अध्याय सुरु गर्न लागेकी अभिनेत्री आँचल शर्माले विवाहपछि पनि फिल्म अभिनयमा सक्रिय रहने बताउँदै आएकी छन् । उनले गएको महिनादेखि विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘दुई रुपैयाँ’ टिमको ‘डामाडोल’ नामक फिल्म गर्नेछिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij