२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङका हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

धादिङका हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

गण्डकी टाइम्स
शनिवार, चैत्र १ २०७६
गण्डकी टाइम्स
शनिवार, चैत्र १ २०७६
  • काठमाडौँ, १ चैत ।  हिमेश पन्त नेपालकै पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को आज भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप ‘कमेडी च्याम्पियन’ बनेका हुन् । च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’काे ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij