२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

के गर्दै छिन् अभिनेत्री अनुष्का ?

के गर्दै छिन् अभिनेत्री अनुष्का ?

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २६ २०७७
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २६ २०७७
  • मुम्बई । पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउनेक्रम बढेको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान वेज सिरिज निर्माणतर्फ खिचिएको हो । यसैक्रममा अभिनेत्री अनुष्का शर्मा पनि वेभ सिरिजको निर्माणतर्फ लागेकी छन् । उनले यसअघि फिल्म नै निर्माण गरेकी थिइन् । यसपटक अभिनेत्री अनुष्काले वेभ सिरिज ‘पाताल लोक’ निर्माण गरेकी छन् । उनले हालै मात्र यो रिलिजको ट्रेलर रिलिज गरेकी थिइन् । यो सिरिजको ट्रेलरलाई दर्शकले मन पराएका छन् । लकडाउनको बेला दर्शकका लागि यो सिरिजले पूर्ण मनोरञ्जन दिने विश्वास अभिनेत्री अनुष्काको छ । यो सिरिजलाई अब १५ मेमा रिलिज गरिने भएको छ । यसलाई अमाजोन प्राइम भिडियोबाट रिलिज गरिने भएको छ । जसमा जयदीप अहलावत, निरज कबी, अभिषेक बनर्जी, गुलपनागलगायतको मुख्य भूमिका छ । यो थ्रिलर क्राइम जनरामा निर्माण भएको छ । अमाजोनबाट लामो समयदेखि थ्रिलर क्राइम जनराको हिन्दी वेभ सिरिज नआएकाले पाताल लोक हेर्न दर्शक प्रतीक्षारत रहेको अभिनेत्री अनुष्काको कथन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij