२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भारततर्फ ढल्लिएपछि नायिका राउतको चर्को आलोचना

भारततर्फ ढल्लिएपछि नायिका राउतको चर्को आलोचना

गण्डकी टाइम्स
आइतवार, जेठ ११ २०७७
गण्डकी टाइम्स
आइतवार, जेठ ११ २०७७
  • काठमाडौं । नेपाली नायिका वर्ष राउत आफ्नो विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएकी छन् । भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा सिंगो नेपाली एकजुट भइरहेका बेला नायिका राउतले भने विवादास्पद अभिव्यक्ति दिएकी हुन् । राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठेरो परेको बताएकी छिन् । एक भिडियो जारी गर्दै राउतले नेपाल–भारतका पत्रकारले सीमाको विषयलाई लिएर अनावश्यक प्रचार गर्दा आफूलाई समस्या भएको बताइन् । उनले भूमिको समस्या दुई देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् । उनले भनेकी छिन्, ‘भुमिको विषयमा नेपालले मेरै भूमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउँदा मैले मेरा भारतीय साथिहरुसँग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?’ उनको विवादास्पद अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij