२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्गेश थापामाथि लाग्यो गीत चोरीको आरोप

दुर्गेश थापामाथि लाग्यो गीत चोरीको आरोप

गण्डकी टाइम्स
मंगलवार, आषाढ २३ २०७७
गण्डकी टाइम्स
मंगलवार, आषाढ २३ २०७७
  • काठमाडौं, २३ असार । गायक दुर्गेश थापा बेला बेलामा अनेक काण्ड गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यस पालि नयाँ तीजगीत बजारमा ल्याएका छन् । बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वजनिक गरेका छन् । आफ्नै नामको युट्युब च्यानलमा उनले अपलोड गरेका छन् । उनको गीतको तेस्रो अन्तरा र लोककवि अली मियाँको गीत आकाशमा बादलु डम्मै छ हुबहु छन् । गायक थापाले आफूले गाउँतिर सुनको भाका प्रयोग गरेको जिकिर गरे । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले यसरी गीत चोरिनु दुःखको कुरा भएको बताए । उनले भने, ‘गल्ती गरिहाले छन्, माफी माग्लान् नि ।’ यो गीत प्रेमराजा महत र हरिदेवी कोइरालाले करिब एक दशकअघि गाएका छन् । यसअघि तिहारबारे उच्छ्रिङ्खल गीत गाएपछि दुर्गेश पक्राउ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij