२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पूजा क्षेत्रीको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ सार्वजनिक (भिडियोसहित)

पूजा क्षेत्रीको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
सोमवार, श्रावण ५ २०७७
गण्डकी टाइम्स
सोमवार, श्रावण ५ २०७७
  • काठमाडौं, ६ साउन । सुमधुर स्वरकी धनी गायिका पूजा क्षेत्री र सदाबहार गायक राजु परियारको आवाजमा तयार पारिएको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ भर्खरै मात्र बजारमा आएको छ । शिव हमालको शब्द र सङ्गीतमा तयार भएको उक्त गीतमा कृष्ण विक ‘भान्जा’को एरेन्ज रहेको छ । सुमधुर स्वरकी धनी गायिका पूजा क्षेत्री र सदाबहार गायक राजु परियारको आवाजमा तयार पारिएको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ भर्खरै मात्र बजारमा आएको छ । शिव हमालको शब्द र सङ्गीतमा तयार भएको उक्त गीतमा कृष्ण विक ‘भान्जा’को एरेन्ज रहेको छ । हरितालिका तीज आउन अझै महिना दिन बाँकी छ । यद्यपि गाउँ–सहरमा भने तीज गीत घन्किन थाली सकेका छन् । त्यसो त तीजसँग गीत–सङ्गीतको पनि खास नाता जोडिएको छ । महिलाहरूले वर्ष भरी आफ्नो घरमा भोगेका दुःख पीडाका कुरा गीतमार्फत पोख्ने परम्परा रहेको छ । तीजले आफ्नै शैली, भाका र मिठास बोकेको छ । बद्लिँदो समयसँगै तीज गीतको शैली पनि फरक देखिन थालेको छ । विगतमा महिलाहरूले आफूमाथिको अन्याय अत्याचार गीत मार्फत पोख्थे भने अहिले तीज गीत र शैलीमा महिलाहरूको स्वतन्त्रताको अभिव्यक्ति पाइन्छ । त्यस्तै गायिका पूजाले पनि यो वर्षको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ बजारमा ल्याएकी हुन् । सो गीतमा अञ्जली अधिकारी र रामजी खाँणको अभिनय र नृत्य देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियो हेर्नुस् :यद्यपि गाउँ–सहरमा भने तीज गीत घन्किन थाली सकेका छन् । त्यसो त तीजसँग गीत–सङ्गीतको पनि खास नाता जोडिएको छ । महिलाहरूले वर्ष भरी आफ्नो घरमा भोगेका दुःख पीडाका कुरा गीतमार्फत पोख्ने परम्परा रहेको छ । तीजले आफ्नै शैली, भाका र मिठास बोकेको छ । बद्लिँदो समयसँगै तीज गीतको शैली पनि फरक देखिन थालेको छ । विगतमा महिलाहरूले आफूमाथिको अन्याय अत्याचार गीत मार्फत पोख्थे भने अहिले तीज गीत र शैलीमा महिलाहरूको स्वतन्त्रताको अभिव्यक्ति पाइन्छ । त्यस्तै गायिका पूजाले पनि यो वर्षको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ बजारमा ल्याएकी हुन् । सो गीतमा अञ्जली अधिकारी र रामजी खाँणको अभिनय र नृत्य देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियो हेर्नुस् : https://www.youtube.com/watch?v=QfFlYiBNrXE&feature=emb_logo

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij