सुशान्त सिंह प्रकरणमा रिया चक्रवर्तीका भाइ र म्यानेजर गिरफ्तार
सुशान्त सिंह प्रकरणमा रिया चक्रवर्तीका भाइ र म्यानेजर गिरफ्तार
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २० भदौ । अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टोलीले पक्राउ गरेको छ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु मामलामा यो पहिलो गिरफ्तारी हो।
एजेन्सी, २० भदौ । सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान सीबीआईले गरिरहेको छ तर यो गिरफ्तारी एनसीबीले ड्रग्सको लेनदेनका विषयमा गरेको हो ।
सीबीआईको जाँचमा ड्रग्सको कारोबारमा जोडिएका केही नाम सार्वजनिक भएका थिए र लगत्तै एनसीबीले छानबिन अघि बढाएको थियो।
एनसीबीले छानबिनका क्रममा ड्रग्सको कारोबारमा जोडिएका केही व्यक्तिहरुसँग सोधपुछ गरेको थियो र केहीलाई हिरासतमा समेत लिएको थियो ।
यो सोधपुछमा शौविक र सैमुएलको नाम समेत जोडिएपछि शुक्रबार बिहानै एनसीबीले दुवैको घरमा खानतलासी गरेको थियो।
शुक्रबार बिहान एनसीबीको टोली शौविक चक्रवर्ती र सैमुएल मिराण्डाको घर पुगेको थियो। एनसीबीले शौविक चक्रवर्तीको ल्यापटप र अन्य दस्तावेज सीज गरेको छ ।
शुक्रबार मध्यराति एनसीबीले शौविक र सैमुएललाई गिरफ्तार गर्ने आदेश जारी गरेको खबर बाहिर आएको थियो। त्यसको केही घण्टापछि उनीहरु पक्राउ परेका हुन्।
सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा मृत भेटिएका थिए।
प्रतिक्रिया