दशैं गित 'धेरै धोका खाको' सार्वजनिक (भिडियोसहित)
दशैं गित 'धेरै धोका खाको' सार्वजनिक (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ५ कात्तिक । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन्, प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।
यसै सन्दर्भमा चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा दशैंतिहारको शुभकामना सहित दशैं कोसिले 'धेरै धोका खाको' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित लोकप्रिय गायिका देवि धर्ति मगर र गायक प्रविन श्रेष्ठको सुमधुर स्वरमा सजिएको गितमा , प्रविन श्रेष्ठ र सुनिल सागरको उत्कृष्ट शब्द सृर्जना एवम् विष्णु शिहको लय रचनामा उक्त गित सजिएको छ । त्यस्तै गितमा सुनिल सागरको थेगो रहेको छ । गितमा प्रदेशी र घरदेशी विचको यथार्थ घटनालाई दर्शाईएको छ ।
माने चाड म साथमा नभानि , सम्झिएर दुर्गा र भवानि
दिए भने ऋण लिनु कसैलाई , जसोतसो टार्नु है दशैलाई
गितमा निकै मनछुने मार्मिक शब्दहरु प्रयोग भएका छन् भने कतिको जिवनमा त मेल पनि खाएको छ ।
चर्चित निर्देशन मदन खड्काको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त मोडेल कलाकार सारिका केसि, डम्बर, अनुुपा, नविन, प्रगति लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ ।
समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट र मन छुने वनेको छ । गितको म्युजिक भिडियोमा विरेन्द्र भट्ट छांयकन एनम् अमृत चापागाईको सम्पादन रहेको छ ।
सांगितिक बजारमा निकै प्रतिस्पर्धाको साथ नया नया सृर्जनाहरु लिएर अघि बढ्ने चन्द्र सुर्य म्युजिक ग्रुपको यो पहिलो दशै कोसेलिमा स्वसथानी गुरुङ , अमृत तामाङ , एलएक्स मगर , निलु तामाङ , माया तामा लगायक व्यक्तिहरुको विशेष सहयोग गितमा रहेको छ ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=eRrhUUuMtRY&feature=youtu.be&fbclid=IwAR3G0JvSyWA-Mil_g5JVuCOBRxfbb3X9moyNXgYhQo6HKTcWtVWNSNN2QNo
प्रतिक्रिया