२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

किरण र अश्मिताको नयाँ गीत ‘सपना’ सावर्जनिक (भिडियो)

किरण र अश्मिताको नयाँ गीत ‘सपना’ सावर्जनिक (भिडियो)

गण्डकी टाइम्स
बुधवार, बैशाख १५ २०७८
गण्डकी टाइम्स
बुधवार, बैशाख १५ २०७८
  • काठमाडौं । गायक किरण भुजेल र गायिका अश्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ‘सपना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो । दर्जनौँ लोकप्रिय गीतहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करोडौँ नेपालीहरुको मन मुटुमा बस्न सफल वरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गीत संगीतमा गरेको योगदान अतुलनिय रहेको छ । उनले एक पछि अर्को नयाँ–नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारी छ। संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन् । त्यसैगरी राजिव समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अश्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ । [youtube https://www.youtube.com/watch?v=yMsU2-ZjDZc]

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij