२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जेलमा शाहरुखका छोरा आर्यन, अरुले जस्तै नियम पालना गर्नुपर्ने

जेलमा शाहरुखका छोरा आर्यन, अरुले जस्तै नियम पालना गर्नुपर्ने

गण्डकी टाइम्स
शनिवार, आश्विन २३ २०७८
गण्डकी टाइम्स
शनिवार, आश्विन २३ २०७८
  • काठमाडौँ, २३ असोज । बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​ आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij