२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

वैशाख २३ मा 'लक्का जवान'

वैशाख २३ मा 'लक्का जवान'

गण्डकी टाइम्स
मंगलवार, मंसिर २१ २०७८
गण्डकी टाइम्स
मंगलवार, मंसिर २१ २०७८
  • काठमाडौं । शिवहरि पौडेल (मुखमा हानूँ जस्तो)को निर्देशनमा बनेको फिल्म (लक्का जवान) को प्रदर्शन मिति सार्वजनिक भएको छ। कोरोनाका कारण तोकिएको मितिमा प्रदर्शन हुन नसकेको फिल्म आउँदो वैशाख २३ मा प्रदर्शन हुने भएको हो।

    यसअघि २०७६ चैत २१ लाई फिल्मको प्रदर्शन मिति तोकिएको थियो। सोमबार वितरकसँग छलफल भएपछि फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको हो।

    ुलक्का जवानु शिवहरिको निर्देशनमा बनेको पहिलो फिल्म हो। जिरे खुर्सानी टेलिसिरियलको निर्देशन तथा अभिनयबाट चर्चित शिवहरिले (छक्का पञ्जा) टिमसँग सहकार्य गर्दै आएका थिए।

    कमेडी जनरामा बनेको लक्का जवानमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा शिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। तीबाहेक फिल्ममा किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा तथा निर्देशक स्वयंको पनि अभिनय रहेको छ।

    यसअघि फिल्मका (यो हो नि तरिका) र (मन त सधैँ लक्का जवान) बोलका गीत सार्वजनिक भइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij