२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘क्रिप्टोकरेन्सी’ प्रकरणमा अभिनेत्री कार्कीमाथि सीआईबीको अनुसन्धान

‘क्रिप्टोकरेन्सी’ प्रकरणमा अभिनेत्री कार्कीमाथि सीआईबीको अनुसन्धान

गण्डकी टाइम्स
आइतवार, चैत्र ६ २०७८
गण्डकी टाइम्स
आइतवार, चैत्र ६ २०७८
  • काठमाडौं, ७ चैत । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा अभिनेत्री प्रियंका कार्की सीआईबीको अनुसन्धानमा परेकी छन्। अभिनेत्री प्रियंका कार्कीमाथि डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार अनुसन्धानका लागि बोलाएको छ। केही समयअघि सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।’ नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij