२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘कबड्डी ४’ की नायिकाले माफी माग्ने

‘कबड्डी ४’ की नायिकाले माफी माग्ने

गण्डकी टाइम्स
मंगलवार, जेठ १७ २०७९
गण्डकी टाइम्स
मंगलवार, जेठ १७ २०७९
  • काठमाडौं, १७ जेठ । ‘कबड्डी ४’ फिल्मको नायिका मिरुना मगरले निर्दोष युवकलाई फसाउन खोजेको भन्दै फिल्मविरुद्ध युवाहरु उत्रिएपछि सहमति भएको छ । नायिका मगरले भिक्षुलाई हातपात गरेकोमा धर्मगुरुसँग माफि माग्ने र उनले प्रहरीको हिरासतमा रहेका युवकलाई माफि दिने सम्बन्धमा बौद्ध धर्म संघको पुर्व अध्यक्ष जोग्देन लामा गुरुङ, तामाङ घेदोङ संघको अध्यक्ष मोहन गोले, फिल्म निर्माता उपेन्द्र पौडेल, तमुह्युला छोजधी का केन्द्रीय सचिव जिएस गुरुङ र पुर्व मन्त्री पासाङ शेर्पाबीचमा छलफल हुँदा सहमति गर्ने निर्णय गरेको आदीवासी जनजाती युवा महासंघ गण्डकी प्रदेशको अध्यक्ष मोहन गुरुङले बताए । ‘काभिडको कारण बन्द भएको फिल्म उद्योग अघि बल्ल बढेको छ, त्यसलाई पनि बचाउन पर्यो, अन्तर्राष्ट्रिय धार्मिक हिंसा भड्कनबाट पनि रोक्नु पर्ने हाम्रो जिम्मेवारी छ ।’ अध्यक्ष गुरुङले भने, ‘धार्मिक व्यक्तिमाथि हातपात भएकोमा बेलैमा समाधान नगरेमा अन्तर्राष्ट्रिय रुप पनि लिन सक्छ । सामुदायिक हिंसा भड्कन नदिन हामीले चाडैनै सहमति गर्यौं । मुद्दा दर्ता भइसकेको हुनाले जसरी हुन्छ चाँडो मुद्दा टुंग्याउन सरकारी वकिलसँग छलफल गरिरहेका छौ ।’ सामाजिक सञ्जालमा तीब्र प्रतिक्रया उत्पन्न भएपछि मिरुना समझदारीमा जान लचक बनेकी छिन् । आज नायिका र फिल्मको विरोध गर्दै चुच्चेपाटीको केएल टावर अगाडी युवाहरुले फिल्मको पोस्टर पनि जलाएका थिए । प्रदर्शनमा उत्रेका युवाहरुले बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरुले कबड्डी ४ फिल्मपनि बहिस्कार गर्ने समेत चेतावनी दिएका छन् । आइतबार नायिकाले आफुलाई सिभिल मलबाट बाहिर निस्कन लाग्ने क्रममा तामाङ थरका एक युवकले पिठ्युमा छोएको आरोप लगाउँदै प्रहरीलाई बुझाएकी थिइन् । सोमबार युवकविरुद्ध उजुरी दर्ता गरेपछि जिल्ला प्रसाशन कार्यालयले म्याद समेत थप गरेको छ । तर चौतर्फी आलोचना भएपछि प्रहरीको हिरासतमा रहेका युवकलाई छाड्ने तयारी भइरहेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij