केएल टावरमा नायिका मिरुना मगरविरुद्ध प्रदर्शन
केएल टावरमा नायिका मिरुना मगरविरुद्ध प्रदर्शन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडाैँ, १७ जेठ। चाबहिल चुच्चेपाटीस्थित केलएल टावर परिसर तनावग्रस्त बनेको छ । परिसर अघि हलमा लागिरहेको चलचित्र कबड्डी : द फाइनल म्याचकी नायिका मिरूना मगरविरुद्ध गरिएकाे प्रदर्शनीले केएल टावर परिसर तनावग्रस्त बनेकाे हो ।
गत आइतबार सिभिल मलमा लामा समुदायका एक व्यक्तिले आफूलाई असहज तरिकारले पिठ्युमा छोएको भन्दै नायिका मगरले प्रहरी कार्यलय न्युरोडमा उजुरी गरेकी थिइन् । क्रियाको प्रतिक्रियामा मगरले उनलाई झापडसमेत हानेकी थिइन् ।
सोही विषयमा एक समूह आक्रोशित हुँदै मंगलबार केएल टावर पुगेकाे थिए । नायिक मगरले उक्त व्यक्तिसँग माफी माग्नु पर्ने माग उनीहरूको छ ।
माहोलअझै पनि तनावग्रस्त नै छ, केल टावरका एक कर्मचारीले हामीलाई फोनमा भनिन्, ‘प्रदर्शनकारीले नाराबाजी गर्दै फिल्मकाे पोस्टर जलाएका छन् । बिहानी शोमा समेत हलभित्र छिरेर उक्त समूहले चलचित्रकाे प्रदर्शन रोक्न तथा नहेर्न अनुरोध गरेका थिए ।’
आरोपित लामा हाल प्रहरीकाे नियन्त्रणमा छन्। याे घटनालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न मत देखिन थालेको छ।
फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।
प्रतिक्रिया