२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रियंकाले जितिन मिस नेपाल २०२२ काे उपाधि

प्रियंकाले जितिन मिस नेपाल २०२२ काे उपाधि

गण्डकी टाइम्स
शनिवार, आषाढ ४ २०७९
गण्डकी टाइम्स
शनिवार, आषाढ ४ २०७९
  • काठमाडाैं, ४ असार । द हिडन ट्रेजरद्वारा आयाेजित यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले पाएकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालिमा उनले उपाधि जितेकी हुन। त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए। विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो। नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए। कोभिड-१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो। विजेता लाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइ दिएकी थिइन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij