२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सिरी लोप्चनको 'सेम ह्रो' बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

सिरी लोप्चनको 'सेम ह्रो' बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

गण्डकी टाइम्स
शनिवार, आषाढ २५ २०७९
गण्डकी टाइम्स
शनिवार, आषाढ २५ २०७९
  • काठमाडौं । गायिका सिरी लोप्चन अभिनित 'सेम ह्रो' अर्थात 'मनको साथी' बोलको प्रेम गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । काठमाडौं,बौद्ध स्थित सेकुवा जक्सनमा भएको पत्रकार सम्मेलन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रम मार्फत सार्वजनिक गरेको उक्त गीतमा गायक तथा संगीतकार बिहिन दोङ र गायिका सिरी लोप्चनको स्वर रहेका छन् । भिडियोमा मोडल घिसिङलाई गायिका लोप्चनले साथ दिएकी छिन भने निर्देशन अजय स्याङतनले गरेका छन् । ज्ञानदाश तामाङको शब्द, वाङजु फ्युवाको एरेन्जमेन्ट र दिपेश प्रधानको मिक्सिङ रहेको सेम ह्रो बोलोको भिडियो सिरी लोप्चन अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । कार्यक्रममा तामाङ चलचित्रका महानायक अमिर दोङ, बरिस्ठ गायक तथा संगीतकार विशाल काल्तन, प्रयास दोङ, खेम मोक्तान, गायिका जितु लोप्चन, नायक रितुराज पाख्रिन लगायत दर्जनौं कलाकारहरु सहभागी रहेका थिए । अरुबेलाको पत्रकार सम्मेलन भन्दा भिन्न तरिकाले सम्पन्न भएको कार्यक्रममा यसपटक भने भिडियो निर्माण युनिट, सहभागी कलाकार र पत्रकार बिच खुल्ला रुपमा बहस तथा भिडियो माथि टिक्कटिप्पनि समेत गरेका थिए । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?app=desktop&v=DPXFRnRWX3M&feature=youtu.be&fbclid=IwAR1MPwHaH_MDATh2W9dyxMGdfRU1C9eF5-sleqbTwdg9aLUkgn6n6C9nU3Y&ab_channel=SiriLopchanOfficial

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij