२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मेलिना र सञ्जिवको ‘ब्रेकअप’, मेलिनाले फेसबुकमा के लेखिन् यस्तो ?

मेलिना र सञ्जिवको ‘ब्रेकअप’, मेलिनाले फेसबुकमा के लेखिन् यस्तो ?

गण्डकी टाइम्स
शुक्रवार, श्रावण २० २०७९
गण्डकी टाइम्स
शुक्रवार, श्रावण २० २०७९
  • काठमाडौं, २० साउन । गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । उनीहरुले केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सोशल मिडियामा सार्वजनिक गरेका थिए । गायिका मेलिनाले सञ्जिवसँग इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि भनेकी थिइन्– ‘हामीले पहिलो लकडाउनकै बेला इञ्जेगमेन्ट गरेका हौंँ । यसै वर्षभित्र विवाह गर्दैछौँ ।’ तर, उनीहरुबीच अब विवाह होइन, ब्रेकअप भएको छ । मेलिनाले सञ्जिवसँग ‘ब्रेकअप’ भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्जनिक गरेका छन् । मेलिनाले फेसबुक स्टाटस : बिषय – Engagement तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij